जेरुसेलमः गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकुहरूबीच युद्ध विराम गर्ने सहमति भएको छ ।

तीन दिनसम्म इजरायलले प्योलस्टाइनी इस्लामिक जिहाद (पीआईजी)विरुद्ध आक्रमण गर्दै आएको थियो । जवाफमा जिहादी लडाकुहरूले पनि इजरायलतर्फ रकेट प्रहार गरिरहेका थिए । इजिप्टको मध्यस्थतामा द्विपक्षीय युद्ध विराम सम्भव भएको हो । 

यसअघि सन् २०२१ को मेमा ११ दिनसम्म चलेको द्वन्द्वपछिको भिडन्तमा कम्तीमा ४४ जना प्यालेस्टाइनीले ज्यान गुमाएका थिए । सोमबार इजरायलले गाजा क्षेत्रमा राखिएका अवरोध हटाएपछि इन्धनका ट्याङ्कहरू इजरायल प्रवेश गरेका छन् ।

इजरायली सेनाले एउटा लडाकु समूहको खतरा महसुस गरेको कारण देखाउँदै गाजा क्षेत्रका विभिन्न स्थानमा आक्रमण गर्न थालेपछि पछिल्लो भिडन्त सुरु भएको हो । केही दिनअघि इजरायलले अधिनस्थ पश्चिम किनारमा पीआईजेका एकजना वरिष्ठ सदस्यलाई गिरफतार गरेपछि तनाव सुरु भएको हो । 

आइतबार साँझ प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले यस भिडन्तमा मारिने ४४ जनामध्ये १५ जना बालबालिका भएको पुष्टि गरेको छ । तीनसय जना भन्दा बढी घाइते भएको यस भिडन्तको कारण इजरायलको आक्रामक नीति भएको प्यालेस्टाइनको आरोप छ । -बीबीसीबाट