पिंगटुङः ताइवानको सेनाले युनिटहरूको लडाईं तयारीका लागि मंगलबार र बिहीबार पिंगटुङ काउन्टीमा योजनाबद्ध रुपमा लाइभ–फायर आर्टिलरी अभ्यासहरू सञ्चालन गर्ने भएको छ । काउन्टीको फोङग्याङ नजिकै हुने अभ्यासमा ७८ वटा १५५ एमएम स्व–चालित तोप र छ वटा १२० एमएमको सानो तोपहरू समावेश हुने ताइवानको पत्रिका ताइपेई टाइम्सको अनलाइन संस्करणमा उल्लेख छ ।  

तिनीहरू आठौं आर्मी कोप्र्सको ४३ औं आर्टिलरी कमाण्ड र ३३३औँ मेकानाइज्ड इन्फन्ट्री ब्रिगेड, हुआलियन तथा ताइतुङ काउन्टीहरूमा रक्षा कमाण्डहरू र तटरक्षकहरूद्वारा सञ्चालन हुने बताइएको छ ।

सेनाले सेप्टेम्बर ५ मा पिंगटुङमा पनि वार्षिक अभ्यास गर्दै छ । जसमा संयुक्त हतियार बटालियनहरू, लडाईं वाहनहरू, बख्तरबंद वाहनहरू र साना तोपहरू समावेश हुनेछन् ।

 सेनाको एएच वान डब्लु सुपर कोब्रा र एएच ६४अपाचे हेलिकप्टर अभ्यासको क्रममा तैनाथ गरिने गोपनीय स्रोतलाई उदृत गर्दै ताइपेई टाइम्सले जनाएको छ ।

चिनियाँ जनमुक्ति सेना (पीएलए)ले ताइवान वरपरका छवटा सामुद्रिक क्षेत्रहरूमा चारदिनको लाइभ फायर अभ्यास गरेपछि ताइवानले सैन्य अभ्यासको घोषणा गरेको हो । तर, चीनले आजै फेरि नयाँ लाइभ फायर अभ्यासको घोषणा गरेको छ । तर, अभ्यास कहाँ र कहिलेदेखि गर्ने भन्नेबारे कुनै जानकारी दिएको छैन । -ताइपेई टाइम्स