धरानः नेपालका चर्चित २० कलाकार आउने भएका छन् । जनगायक जेबी टुहुरेको वार्षिक पुण्य तिथिमा कलाकार धरान आउने भएका हुन् ।

शुक्रबार जेबी टुहुरे फाउण्डेसनले पत्रकार सम्मेलन गर्दै टुहुरेको वार्षिक पुण्य तिथिका अवसरमा ‘जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान– २०७९’ कार्यक्रममा  नेपालका २० जना चर्चित कलाकार आउने जानकारी दिएको हो । जेबी टुहुरे स्मृति सन्ध्याका संयोजक मनिष खड्गीले भदौ १० गते भानुचौकमा खुल्ला साङ्गितिक साँझ कार्यक्रममा धरानका सङ्गीत श्रष्टालाई सम्मान पनि प्रदान गरिने बताए । स्रष्टा छनौट गर्न तीन सदस्यीय समिति बनेको छ । समितिमा गायक शम्भु राई, चेतनारायण राई र वरिष्ठ पत्रकार भवानी बराल रहेका छन् ।

साङ्गितिक कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ, शम्भु राई, सबिन लिम्बू, प्राश्ना शाक्य, दुर्गा परियारलगायत २० जना कलाकारहरूको प्रस्तुति रहेनछ । उनीहरुले टुहुरेका गीतहरु गाउनेछन् । बाध्यबाधक पनि आउने भएका छन् । कार्यक्रममा केही कलालकारहरू स्वयमसेवकका रुपमा आउने छन् भने केही कलाकारलाई पारिश्रमिक पनि दिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा प्रध्यापक डा.टङ्कप्रसाद न्यौपानेले टुहुरेले गाउने ‘आमा दिदीबहिनी हो’ गीतले नेपालमा कम्युनिस्टहरुको सङ्गठन बलियो भएको बताए ।

उनले भने ‘जेबी टुहुरेले गाउनुभएको एउटै गीतले नेपालका कम्युनिस्टहरुलाई पार्टी सङ्गठन गर्न सघाउ पु¥यायो ।’ वामपन्थी साँस्कृतिक अभियन्ता खेम नेपालीका अनुसार उक्त गीत गुल्मीका सुकदेव ज्ञवालीले रचना गरेको कविता हो । त्यस बेला ‘चरी भरर’ साहित्यिक पत्रिकामा प्रकाशित कवितालाई टुहुरेले गीतको रुपमा प्रस्तुत गरेका थिए । टुहुरेले २ सयभन्दा बढी गीत गाएका थिए । सुकदेव ज्ञवालीको कवितालाई क्रान्तिकारी गीतको धार दिने काम कवि बम देवानले गरेका हुन् । जेबी टुहुरेको गायन प्रस्तुतिले महिलाहरुमा राजनीतिक जागरण ल्याउने कार्यमा निर्णायक भूमिका निर्वाह गरेको प्रा.डा न्यौपाने बताए ।

कार्यक्रमको कुल खर्च १३ लाख ५० हजार हुनसक्ने आयोजकले अनुमान गरेको छ  । प्रदेश सरकारसहित धरान आसपासका स्थानीय तह र सङ्घसँस्थाबाट कुल १७ लाख ५० हजार आम्दानी हुने आयोजकले उल्लेख गरेको छ । स्मृति सन्ध्याको् आयोजक जेबी टुहुरे फासण्डेसन, संयोजक खड्गी समाज धरान र सहसंयोक धरान सङ्गीत प्रतिष्ठान रहेको छ । विक्रम सम्वत्् २००१ कात्तिक १५ मा धरानमा जन्मिएका टुहुरेको निधन २०७८ भदौ १० गते भएको थियो ।