बेइजिङः देशका वाणिज्य बैंकहरूले निजी व्यवसाय प्रवर्द्धनलाई प्रोत्साहन गर्न अधिक ऋण प्रवाहको व्यवस्था गरेका छन् ।

बैंक तथा बिमा नियामक निकायको निर्देशनानुसार निजी उद्यम बढाउन ऋण सहयोगको सीमामा वृद्धि गरिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले निजी उद्यमीहरूलाई दिनुपर्ने कर्जा अघिल्लो वर्षको जुन महिनाको तुलनामा यो वर्ष ११.४ प्रतिशतले बढेको छ । -रासस/सिन्ह्वा