धरानः नेपाली गायनमा उदेश्यमुलक अभियानका अगुवा जेबी टुहुरेलाई वृहत सांगितिक साँझ आयोजना गरी धरानले सम्झने भएको छ । झण्डै पाँच दशक उनले गाउँदै आएको एउटै गीतले नेपालमा कम्युनिष्टहरुलाई संगठन गर्न सघाउन पु¥यायो ।

जेबी टुहुरे फाउण्डेशनव्दारा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रध्यापक डा.टंकप्रसाद न्यौपानेले भने ‘जेबि टुहुरेले गाउनु भएको एउटै गीतले नेपालका कम्युनिष्टहरुलाई पार्टी संगठन गर्न सघाउ पु¥याएको थियो ।’ ‘आमा, दिदी, बैनी हो, कति बस्छौ दासी भएर’ बोलको गित अहिले पनि सभाहरुमा घन्किएको सुनिन्छ ।

उक्त गीत पहिलो पटक २०३३ सालमा धरान स्थित महेन्द्र क्याम्पसमा भएको संगीत कार्यक्रममा टुहुरेले गाएका थिए । वामपन्थी सांस्कृतिक अभियन्ता खेम नेपालीका अनुसार उक्त गीत गुल्मीका सुकदेव ज्ञवालीले रचना गरेको कबिता हो । त्यस बेला ‘चरि भरर’ साहित्यिक पत्रिकामा प्रकाशित कबितलाई टुहुरेले गीतको रुपमा प्रस्तुत गरेका थिए ।

तत्कालिन राजनीतिक आन्दोलनको अवस्थामा उक्त गीतले लोकप्रियताको शिखर छोयो । जेबी टुहुरे आफै कम्युनिष्ट आन्दोलनकारी संगगठनकर्ता थिए । खेम नेपालीले भने ‘जेबी दाईले जीवनमा दुई सय बढी गीत गाउँनु भयो होला, तर यो एउटै गीत जनजिब्रोमा अहिले पनि बाँचेको छ ।’

सुकदेव ज्ञवालीको कबितालाई क्रान्तिकारी गीतको धार दिने काम कवि बम देवानले गरेका हुन् । देवान त्यस बेला सकृय भूमिगत कम्युनिष्ट नेता थिए । सांस्कृतिक कार्यक्रमहरुमा क्रान्तिकारी वामपन्थी गीत बनाउन कबितलाई आफुले सम्पादन गरेको बताउँदै उनले भने ‘कबितामा एक स्ट्याञ्ज मैले थपेको हुँ ।’

गायनमा स्वरसंगै धेरै कुराको मिश्रण हुन्छ । त्यस मध्ये उदेश्यमुलक गीतको रचना पनि हो । व्यवसायीक मुलधारका गायन, रचना बजार लक्ष्यीत भएकाले प्रायः उदेश्य पाइन्न ।  नेपाली गायनमा उदेश्यमुलक अगुवा गायक जेबी टुहुरे मेची देखी महाकाली सम्ममा हुने पार्टी सभा, सांस्कृतिक प्रस्तुतिमा जीवनभर सहभागी बने । ७७ वर्षको उमेरमा गतवर्ष मष्तिकाघातबाट भदौ १० मा उनको निधन भयो । 

जेबी टुहरेको गायन प्रस्तुतिले महिलाहरुमा राजनीतिक जागरण ल्याउने कार्यमा निणर्यक भूमिका निर्वाह ग¥यो । नेपाली उदेश्यमुलक गायनमा इतिहास बनाएका उनि धरानमा जन्मे–हुर्केएका प्रतिभा थिए । गीत संगीत क्षेत्रका कतिपय नयाँ पुस्तालाई उनि धराने थिए भन्ने कुरा थाह नभएको पनि हुनसक्छ । जेबि टुहुरे स्मृति संध्याका संयोजक मनिष खड्गीको भनाई थियो ‘धरानले उहाँको सम्मान गर्न कतर्व्य मानेर स्मृति सन्ध्या आयोजना गर्न लागेको हो ।’

उनको पूण्यतिथि आउँदो भदौ १० गते भानुचौकमा खुल्ला सांगितिक साँझको रुपमा आयोजना गरिने कार्यक्रममा धरानका संग्गीत श्रष्टालाई सम्मान पनि प्रदान गरिने छ । स्मृति सन्ध्यामा वरिष्ठ गायक दीप श्रेष्ठ, शम्भु राई, सबिन लिम्बु, प्रश्ना शाक्य, दुर्गा परियार सहित डेढ दर्जन गायक, गायिका, श्रष्टाहरुले प्रस्तुति दिनेछन् । स्मृति सन्ध्याको् आयोजक जेवि टुहुरे फासण्डेश्न, संयोजक खड्गी समाज धरान र सहसंयोक धरान संगीत प्रतिष्ठान रहेको छ ।