इटहरीः प्रदेश १ सहित देशका विभिन्न क्षेत्रमा आज भारी वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वष हुने हुँदा उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । “नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्नेछ ।

यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले दैनिक जनजीवन प्रभावित हुनसक्छ । त्यसैले सामान्य सतर्कता अपनाउन सबैमा आग्रह छ,” विभागले भनेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।