धरानः स्वास्थको लागि खेलकुद भन्ने मुख्य नारासहित सुनसरी जिल्ला जुडो संघले ओलम्पिक दिवस मनाएको छ ।

आज असार ७ गते धरान १२ कबर्ड हलमा प्रशिक्षक रोशनी राईको नेतृत्वमा जुडो डेमोस्ट्रेसन (प्रदर्शन) कार्यक्रम गरेर सुनसरी जिल्ला जुडो संघले ओलम्पिक दिवस मनाएको हो ।

एप्पल मन्टेस्वरी धरान ११ को विशेष सहयोगमा १४ वर्ष मुनिका केटाकेटीहरुले जुडो प्रदर्शन गरेका थिए ।

केक काटेर जुडो दिवस मनाउँदै संघका सुनसरी जिल्ला अध्यक्ष हिमालजङ्ग खड्काले केटाकेटीहरुलाई जुडो खेल प्रति आकर्षित गरिएको कार्यक्रममा आगामी दिनमा धरानलाई जुडो खेलबाट चिनाएर रास्ट्र स्तरका खेलाडी उत्पादन गर्ने उदेश्य रहेको बताए ।

IMG_20220621_124606