बाक्सिला (खोटाङ्ग) ःअसार २ गतेसम्म समीक्षा लिम्बूको मन फुरुङ्ग थियो, नहोस् पनि कसरी ? एउटा खेलाडी जो खेलेर जीवन चलाउन सकिन्छ भनेर खेलमा समर्पित भएको छ उसलाई प्रतियोगिता भइरहेको मनपर्छ । जित होस् या हार, खेल देखाउने भनेको प्रतियोगितामै हो । प्रतियोगिता नै नहुने हो भने कसले कति खेल्छ या त कसले कति प्रशिक्षण पाएको छ, त्यो पनि गौण नै रहन्छ । त्यसैले पनि खेलाडीहरु प्रतियोगितादेखि खुसी हुन्छन् । जहाँसुकै होस्, दुर्गम या सुगम भन्ने कुराले उनीहरुलाई त्यति असर गर्दैन । तर उनीहरुले भनिरहने एउटै कुरा हो प्रतियोगिता भइरहनुपर्छ ।

समीक्षालाई खुसी बनाउने विषय पनि त्यही प्रतियोगिता थियो । प्रदेश १ खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला खेलकुद विकास समिति खोटाङ्गको संयोजनमा खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिका ४, बाक्सिलामा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना हुदै थियो । असार ३ र ४ गते राखिएको उक्त प्रतियोगितामा प्रदेश १ का १४ वटै जिल्लाबाट उत्कृष्ट मानिएर छानिएका तेक्वान्दो खेलाडीहरु मेडलका लागि प्रतिस्पर्धा गर्दै थिए । समिक्षा लिम्बू त्यहि प्रतियोगितामा ५७ केजी तौल समुहबाट प्रतिस्पर्धा गर्दै थिइन सुनसरी जिल्लाको टिमबाट ।

289002156_347228480864843_5073746347350215730_n

३ गतेबाट प्रतियोगिता सुरु हुने भएकाले २ गते नै सबै जिल्लाका खेलाडीहरु बाक्सिला पुगिसकेका थिए । आफ्नो तर्फबाट उत्कृष्ट खेल्ने चाहानासहित दुर्गम जिल्ला खोटाङ्गमा मनोरम प्राकृतिक दृष्यको अवलोकन गर्दै पुगेका खेलाडीहरु सबैको प्रायः चाहाना आफ्नो तर्फबाट उत्कृष्ट खेल देखाउने र जिल्लाका लागि धेरैभन्दा धेरै मेडल ल्याउने नै रहन्छ । तर महिला खेलाडीको हकमा भने शरीरले साथ दिनु पनि त्यत्ति नै महत्वपूर्ण मानिन्छ ।

आफ्नो उत्कृष्ट खेल देखाउन उर्जाशील बनेकी समीक्षालाई शरीरले धोका दियो, अर्थात् उनलाई ३ गते रजश्वला भयो । हुन त रजश्वला महिलाको सामान्य जीवनचक्रभित्र पर्ने विषय हो । तर अप्ठ्यारो के पर्यो भने त्यत्तिकै पनि बढी रगत बगेर शरीरलाई कमजोर पार्ने समयमै समीक्षाले कुस्ति प्रतियोगिता अर्थातमार्सल आर्टभित्र पर्ने तेक्वान्दोमा आफ्नो उत्कृष्ट खेल देखाउनुपर्ने थियो ।

आफ्नो तयारी र खेल्छु भनेर त्यति लामो यात्रा गरिसकेपछि पछि हट्ने मन समीक्षाले गरिनन् र प्रतियोगितामा सहभागी भइन । समीक्षाको शरीरको अवस्थाबारे उनका प्रशिक्षक सन्तोष घिमिरे र निर्णायकलाई पनि जानकारी नभएको होइन । सबै जानकार हुँदा पनि समीक्षाले म प्रतिस्पर्धामा उत्रिन्छु भनेपछि कसैले ‘तिमी नखेल’ भन्ने हिम्मत गरेनन् ।

प्रशिक्षक सन्तोष घिमिरेले उनलाई नखेल्न सल्लाह पनि दिए तर समीक्षाले मानिनन् । ‘मलाई निर्णायकले किन खेलाएको भनेर गाली गर्दै हुनुहुन्थ्यो, मैले समीक्षालाई नखेल भनेको, तर म खेल्छु भन्ने अठोट राखिन ।’ सन्तोषले प्रदेशपोर्टलसँग सुनाए ।

288218642_775172333919029_4567262550097237072_n

समीक्षाले पहिलो खेल इलामबाट सहभागी भएकी खेलाडीसँग पर्यो । दोस्रोमा वाई पाएकी समीक्षा सेमिफाइनलमा उदयपुरकी रेनुका विकसँग खेल्न पुगिन । रेनुकासँगको जितपछि समीक्षा फाइनलमा प्रवेश गरिन । समिक्षाको फाइनल खेल मोरङ्गकी पूजा परियारसँग भयो । पूजाले नराम्रो खेलेकी होइनन् तर समीक्षाले पूजाको भन्दा राम्रो प्रस्तुति दिन सकिन् । प्रतियोगिताको समापन कार्यक्रममा अतिथिहरुका बीच भएको फाइनल कुस्ति निकै दर्दनाक बन्यो । प्रतिस्पर्धी खेलाडीको किक् पेटमा लाग्दा समीक्षा निकै भक्कानिइन् । स्कोर बोर्डले समिक्षाको अग्रता देखाइसकेको थियो । १ मिनेट ४० सेकेण्ड पछिको पहिलो हाफबाट समीक्षालाई गाह्रो भएको खेल हेरिरहेका दर्शकले प्रष्टै देखिरहेका थिए ।

रगत बगेर आफुले लगाएको पोषाक रत्ताम्मे बन्दासम्म समीक्षाले खेल रोक्न मानिनन् । बरु गाह्रोको सामना गरिरहिन् । चाहेको भए उनले खेललाई बीचमै छोड्न पनि सक्थिन । तर उनले आफ्नो पीडालाई लुकाएरै खेलिन । प्रतियोगिताको फाइनल खेल त्यो पनि हलभरिका अतिथिको बीचमा भएकाले पनि समीक्षाको हौसला बढेको थियो । महिलाको ५७ केजी तौल समुहमा सुनसरी जिल्लाको प्रतिनिधित्व गरेकी समीक्षाले गोल्ड मेडल मात्रै जितिनन्ु उनले दर्शक , कोच, निर्णाय र साथीहरुको माया र हौसला पनि उत्तिकै जितिन् । तीन हाफमा खेलिने खेल सकिएपछि खेलका मुख्य निर्णायक रेफ्री नारायण बुढाथोकीले समीक्षालाई विजयी घोषित गर्दा उनले मिठो मुस्कान छरिन् । केहि समयअघि पेटमा किक परेर दुखेको पीडा क्षणभरमै हर्षमा परिणत भयो ।

288361003_736161154372199_5175005076038591690_n

प्रदेश १ को जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको महिलातर्फ उत्कृष्ट खेलाडीसमेत घोषित भएकी समीक्षाले जितपछिको आफ्नो खुसी प्रदेश पोर्टलसँग साट्दै भनिन् ‘ पहिलो हाफ छि मलाई निकै गाह्रो भएको थियो तर यो फाइनल खेल भएको र खेलमा सहभागी भएपछि खेल्नुपर्छ भन्ने मान्यता राखेर अन्तिमसम्म प्रतिस्र्धामा उत्रिएकी हुँ ।’ ‘एकदमै खुसी लागेको छ गुरुले फाइनलमा नजाऊ भन्दै हुनुहुन्थ्यो तर मैले नै जान्छु भनेर सहभागी भएकी हुँ ।’ समिक्षाले थपिन ।

१५ वर्षकी समीक्षा कक्षा ९ की छात्रा हुन् । यसअघि पनि राष्ट्रिय प्रतियोगितामा सहभागी भएर तेस्रो मेडल पाइसकेकी समीक्षा तेक्वान्दोमा आफूले भविष्य देखेको बताउँछिन् ।
महिलाहरु सक्दैनन् भन्ने भ्रम हटाउन पनि आफू प्रतिस्पर्धामा सहभागी भएको समीक्षाको भनाइ थियो । २ वर्षदेखि तेक्वान्दो खेलमा रमाउन थालेकी समीक्षा उनीसँग रहने इक्सा लिम्बूसँग खोटाङ्ग पुगेकी थिइन् । इक्साले पनि सोही प्रतियोगितामा पुम्सेतर्फ सुनसरी जिल्लाको प्रतिनिधित्व गर्दै महिलातर्फ गोल्ड मेडल जितेकी थिइन ।

288878330_716244919644177_4442932590497832755_n 288121146_567660258258414_5345460685277504454_n 288244411_1225107858241086_5497588565558666093_n 288868189_1188803231951894_8936746326584515054_n