इटहरीः बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको मौन अवधिसँगै भारतसँग सीमा जोडिएका जिल्लाहरुका सीमानाका बन्द भएका छन् ।

७३ घण्टाका लागि बन्द गरिने सीमा नाका निर्वाचनको मौन अवधि सुरु हुना साथ आज मध्यराती १२ः०० बजेदेखि सुरु भैसकेको छ । सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालको आदेशमा भारतसंग सीमा जोदिएका जिल्लाका सीमा बन्द भैसकेका छन् ।

सीमा बन्द हुने सम्बन्धी सूचना सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले जारी गरिसकेका छन् । बाँके, बर्दिया, मोरङ, सुनसरी, झापा, सप्तरीलगायत भारतसँग जोडिएको सीमानाका आज रातिदेखि बन्द भएका हुन ।

निर्वाचनलाइ निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ७२ घण्टाको अवधिसम्म दुवै देशका सीमावर्ती क्षेत्रमा मदिराजन्य वस्तुको कारोबार तथा सेवनमा समेत प्रतिबन्ध लगाइएको छ ।