इटहरीः इटहरी उपमहानगरपालिको कार्यलय रहेको जग्गादाताहरु रामजी प्रसाद चौधरी र मानपुर चौधरीका सन्तानमध्येका हेमनारायण चौधरीको बुधबार निधन भएपछि बिहिबार इटहरी उपमहानगरपालिका र मातहतका कार्यालयहरु बन्द भएका छन् ।
उपमहानगरले बिहिबार एक शोक विदा सम्बन्धि सुचना जारी गर्दै इटहरीका समाजसेवी हेमनारायण चौधरीको निधनले सिंगो उपमहानगर स्तव्ध भएको बताउँदै दिवँगत चौधरीको आत्मा प्रति श्रदान्जली समेत व्यत्त गरेको छ ।
जग्गा दाताको शोकमा उपमहानगरपालिकाले उपमहानगर र वडाकार्यालयहरुबाट प्रवाह हुने सेवा एक दिनका लागि बन्द गरेको जानकारी गराएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यप्रसाद सुवेदी द्धारा हस्ताक्षर गरिएको सुचना विहिबारै सार्वजनिक गरिएको हो ।