इटहरीः नेपाल टेलिभिजनमा महाप्रबन्धक, पत्रकार तथा सर्जक फुलमान वललाई बुधबार इटहरीले न्यानो स्वागत गर्न भ्याएको छ ।
नेपाल टेलिभिजनको बार्षिक उत्सवको अबसरमा इटहरीमा रहेको एनटिभि इटहरी च्यानलमा आएका वललाई इटहरीका सर्जकले मौका मानेर बुधबार न्यानो स्वागत गर्ने अवसर मिलाएको इटहरीका सामाजिक अभियान्ता राजु केसीले बताए ।
नेपाल टेलिभिजनको महाप्रवन्धक, पत्रकार सर्जक, इटहरी आउनुलाई अवसरको रुपमा लिएर अनौपाचारिक चियापान कार्यक्रमको आयोजना गरिएको केसीले बताए । बुधबारै तामाङ्ग जातिहरुको पर्व सोनाम ल्होसार परेको हुनाले विशेष भेटघाटको अवसर परेको थियो । पत्रकार फुलमान वल आफ्नै कार्यक्रममा इटहरी आएको भएता पनि यो अबसरमा इटहरीले उहाँलाई स्वागत गर्न पाउनु खुसिको कुरा भएको नागरिक समाज इटहरीका अध्यक्ष समेत रहेको केसीले प्रदेश पोर्टलसँग बताए ।
कवि मनु मन्जिल, कवियत्री टिका आत्रेय, प्रज्वल पराजुली , सामाजिक अभियान्ता दिपकराज गुरुङ्ग, नेपाली काँग्रेसका युवा नेता सिजन गुरुङ्ग, देवान किराँती, मणिराज गुरुङ्ग लगायतले अनौपचारिक भेट गर्दा ल्योसारको समेत अवसर परेको हुनाले अतिथि खुसि भएको कार्यक्रम संयोजन गरेका केसी बताउँछन् । भेट पछि “यहाँको माया अव्वल हुनेछ भनेर भन्नु भयो । आभारी छु भनेर भन्नुभयो । पाहँुना आउँदा मनमा लिएर जाओस भन्ने हेतुले सत्कार गरेका हौँ । ” केसीले थपे ।
इटहरीको संगित चौक स्थित फँलैचा क्याफेमा भएको अनौपचारिक कार्यक्रममा दर्जन भन्दा बढि साहित्य तथा कलाकर्मीको उपस्थिती रहेको अर्का अभियान्ता तथा क्याफेका संचालक दिब्यराज गुरुङ्गले जानकारी दिए ।