इटहरीः इटहरीका समाजसेवीद्धय रामबहादुर ताल्चाभण्डेल श्रेष्ठ र हेमनारायण चौधरीको बुधबार निधन भएको छ ।
इटहरीलाई इटहरी बनाउन महत्वपुर्ण भुमिका निभाएका समाजसेवी राम बहादुर ताल्चाभण्डेल श्रेष्ठ राम साहु नामले चिनिएका थिए । नागरिक समाज इटहरीका अध्यक्ष राजु केसीले श्रेष्ठको मृत्युलाई इटहरीले इतिहास गुमाएको संज्ञा दिएका छन् ।
आध्यात्मिक विश्वास राख्ने श्रेष्ठ इटहरी निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने व्यत्तिमा पर्ने केसीको भनाई छ । बिभिन्न सामाजिक संघसंस्थाहरुका लागि सहयोग गर्न हरदम तयार रहने श्रेष्ठको बुधबार ९० बर्षको उमेरमा मृत्यु भएको हो ।
इटहरीका लागि राम साहु आध्यात्मिक व्यत्तित्व र धार्मिक र समाजसेवाका निमित्त चिनिएको नाम हो । श्रेष्ठले इटहरी मात्र नभएर पुर्वमा धेरै निर्माणका काममा सहयोग गरेको र उनी दाताको पर्यायको रुपमा रहेका नागरिक समाजका अध्यक्ष केसीको बुझाई छ ।
उता बुधबारै स्वर्गारोहण भएका हेम नारायण चौधरी इटहरीको लागि महत्वपुर्ण व्यत्तित्वको नाम हो । चौधरी टोलमा जन्मिएका हेमनारायणकै पुर्खाले इटहरीका लागि महत्वपुर्ण जग्गा दान गर्नुको साथै इटहरीलाई आजको अवस्थामा पुयाउन ठुलो भुमिका निर्वाहा गरेको थियो । चौधरीकै पुर्वजले इटहरी नगरपालिकाको जग्गा दान गरेका थिए भने इटहरी अस्पताल रहेको जग्गाका धेरै भुभाग पनि हेमनारायणहरुले नै दिएका हुन् ।
इटहरीको आइतबारे हटिया दान गर्ने पनि हेमनारायणकै पुर्वज र परिवार हुन् । इटहरीमा व्यवस्थित सिनेमा हल कृष्ण टाकिज खोल्ने स्वर्गिय चौधरी नेपाली काँग्रेसको राजनितिकमा आस्था राख्ने व्यत्तित्व थिए । चौधरीको ६९ बर्षको उमेरमा बुधबार निधन भएको हो ।