खोटाङः खोटाङको रावाबेशी गाउँपालिका ५ भदौरे स्थित सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार बिहान ९ बजे ढुंगा बोक्न जादै गरेको प्रदेश २–०३–००१ त ३२९४ नम्वरको ट्रयाक्टर सडक साईडमा कोल्टे परी दुर्घटना हुदा ट्रयाक्टरमा सवार रहेका रावाबेशी ५ का रोशन बिक ट्रयाक्टरबाट लड्दा चक्काले किचि निजको घटना स्थलमा नै मृत्यु भएको थियो ।
ट्रयाक्टर र चालक रावाबेशी ३ का रोशन भुजेललाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।