इटहरीः धनकुटाको जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर ६ जिरोपोइन्टमा आफैँले चलाएको अटो अनियन्त्रित भई दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
मंगलबार साँझ करिव साढे ७ बजे भएको दुर्घटनामा गम्भिर घाइते भएका अटो चालक पाँचथर जिल्ला जोरपाटी गाउँपालिका वडा नम्बर १ घर भई धनकुटा नगरपालिका वडा नम्बर ७ बस्ने ६० बर्षिय लाल बहादुर दर्लामी मगरको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा करिव ७ बजेर ४८ मिनेट जाँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मगरले चलाउँदै गरेको मे १ ह ४४७४ नम्बरको अटो धनकुटा बजारबाट जिरोपोइन्ट आउँदै गर्दा आफुै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ ।