इटहरीः सुनसरी जिल्लाको दुहवीमा मंगलबार कोशी राजमार्गमा विराटनरतिर जाँदै गरेको बसले ठक्कर दिँदा स्कुटरचालकको मृत्यु भएको छ ।

मंगलबार करिव साँढे ४ बजे दुहबी नगरपालिका वडा नम्बर ३ फुटानी चौक स्थित कोशी लोकमार्गमा उतरबाट दक्षिण आउदै गरेको को ३६ प ५०५७ नं. को स्कुटरलाई बिपरित दिशामा जाँदै गरेको को १ ख ४०४३ नं. बसले ठक्कर दिँदा स्कुटर चालक तेह्रथुमको साब्ला तुंफला ४ बस्ने ६७ बर्षका गोपाल बहादुर लेंलेखु लिम्बु गम्भिर घाइते भएका थिए । घाइते लिम्बुको उपचारको लागी कोशी अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा साँझ ६ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।
मृतकको शब पोष्टमाटमको लागि सोहि अस्पतालमा राखीएको र स्कुटर, बस र बस चालक जिल्ला मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ९ बस्ने ४२ बर्षे पुर्ण बहादुर धिमाललाई ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेका छन् । बसचालकले सडकमा ध्यान केन्द्रित नगर्दा दुर्घटना भएको प्रहरी अनुसन्धानले बताएको छ ।