इटहरीः पुर्व पश्चिम राजमार्ज स्थित रामधुनी नगरपालिका वडा नम्बर ५ मा मंगलबार भएको सवारी दुर्घटनामा रामधुनी नगरपालिका वडा नम्बर ५ कि १३ बर्षीया बालिका गम्भिर घाइते भएकी छन् ।
मंगलबार दिउँसो करिव ४ बजे पुर्ब पश्चिम राजमार्गमा पुर्ब बाट पश्चिम तर्फ जादै गरेको बा ७० प ९२०७ नं को मोटरसाइकलले पैदल यात्री रामधुनी नगरपालिका वडा नम्बर ५ बस्ने नर बहादुर श्रेष्ठको छोरी बर्ष–१३ की सिताष्मा श्रेष्ठलाई ठक्कर दिँदा टाउकोमा चोट लागी गम्भिर घाईते भएकी छिन् । घाइते श्रेष्ठलाई उपचारको लागी बिराटनगर स्थित बिराट नर्सिङहोम तर्फ पठाईएको प्रहरीले बताएको छ ।
दुर्घटना गराउने मोटरसाइकल चालक सप्तरी जिल्ला कंचनरुप नगरपालिका वडा नम्बर ५ बस्ने प्रकाश बिश्वकर्मालाई मोटरसाइकल सहित इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ । दुर्घटना मोटरसाइकल तीव्रगतिमा रहेको कारण भएको प्रहरी अनुसन्धानले बताएको छ ।