इटहरीः सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका क्षेत्रमा मंगलबार भएको दुईछुट्टाछुट्टै दुर्घटनामा ९ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो करिव सवा दुई बजे बराहक्षेत्र नगरपालिका वडा नम्बर –१ बराहक्षेत्र मन्दिर अगाडी पार्किङ गरी सामान अनलोड गर्दै गरेको को १ ज २८६९ नंम्बरकोे पिकअपमा स्थानीय ३२ को ज्योती गुरुङले स्टार्ट गरी चलाउदा नजिकै रहेको बा ८९ प ४८६७ नं को मोसालाई ठक्कर दिएको थियो ।
ठक्करका कारण मोटरसाइकल चालक रामधुनी नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष ४२ को भरत कट्बाटको खुट्टामा सामान्य चोट लागेको छ । त्यसैगरी सोहि पिकअपले नजिकै पसलमा बसीरहेकी बराहक्षेत्र १ बस्ने बर्ष २४ की सुस्मा श्रेष्ठलाई समेत ठक्कर दिदा सामान्य घाईते भई दुबै घाईते लाई उपचारको लागी धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठान धरानमा पठाइएको प्रहरीले बताएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । दुबै सबारी साधन, पिकअप चालक बराहक्षेत्र १ बस्ने २४ बर्षिय सुमन श्रेष्ठ र ज्योती लिम्बु समेत प्रहरी चौकि बराहक्षेत्रको नियन्त्रणमा रहेका छन् । पिकअप चालकले लापार्वाही गरी चाबी गाडीमै छाडेका कारण घटना भएको प्रहरी अनुसन्धान छ ।
त्यसैगरी मंगलबारै बराहक्षेत्र नगरपालिका वडा नम्बर ११ मधुवन स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ पिलर लोड गरी जाँदै गरेको को २ त ३०८७ नं। को ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट वाँया पल्टि दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
घाइतेहरु सबै सोही ट्याक्टरमा सवार रहेको प्रहरीले बताएको छ । सबै घाइतेको उपचारको लागि जिल्ला अस्पताल इनरुवामा पठाइएको, ट्याक्टर घटनास्थलमै रहेको प्रहरीको भनाई छ । ट्याक्टर चालक सुनसरी जिल्लाको प्रकासपुर बस्ने राजु कविरथ प्रहरी चौकी मधुवनको नियन्त्रणमा रहेका छन् । घटनामा घाइतेहुनेहरुमा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १० बस्ने १५ बर्षिय करण राम, वर्ष २५ को जय नारायण उराव ,बर्ष ५० का देवी प्रसाद धमला, वर्ष २० को राजन राम ,वर्ष २८ को विरेन उराव,वर्ष २१ को धर्मेन्द्र पाल र भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३५ को सन्त बहादुर तामाङ रहेको प्रहरीले बताएको छ ।