विराटनगरः बैंकिंङ् कसुर मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका ६ बस्ने ४० बर्षीय सिताराम लुईटेल रहेका छन् ।
लुईटेललाई १ नं प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा मंगलबार पक्राउ हो । उनलाई प्रहरीले मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।
प्रतिवादी सिताराम लुईटेल भएको बैंकिंङ् कसुरको मुद्धामा उच्च अदालत विराटनगरबाट २०७८ कार्तिक १० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १० महिना ७ दिन कैद र रु. १५ लाख जरिवाना भई लगत नं. ८१७४ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो ।