इटहरीः प्रेस युनियन सुनसरीको आयोजना तथा राष्ट्रिय फोटो पत्रकार समुहको सहकार्यमा सुनसरीका क्रियाशिल पत्रकारलाई एक दिने फोटो पत्रकारिता प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।
राष्ट्रिय फोटो पत्रकार समुहका अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदिपराज वन्तले प्रमुख प्रशिक्षक तथा प्रमुख अतिथीको भुमिका निर्वाहा गरेका थिए ।
नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा सुनसरीका विभिन्न संचारगृहमा आवद्ध ३० जना पत्रकारहरु प्रशिक्षार्थीका रुपमा सहभागी रहेको थियो ।
व्यावसायिक पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई फोटो पत्रकारिताको माध्यमबाट समाजलाई सुशुचित गर्न सक्ने सीप प्रदान गर्ने उद्धेश्यले सुनसरीको कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए ।
प्रशिक्षण कार्यक्रममा कस्तो विषय वस्तु समेटेका दृश्य खिच्ने ,कसरी खिच्ने देखि प्रकासमा आइसकेपछि त्यसले पार्ने प्रभाव लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । त्यसै गरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भिषण राईले फोटो क्याप्सन तथा फोटोपत्रकारमा हुनुपर्ने गुण लगायतका विषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा इटहरीमा बसेर लामो समयदेखि फोटोग्राफी गरिरहेका विषव ताम्राकारले पनि फोटो पत्रकारीताका प्राविधिक पक्षका बारेमा प्रशिक्षार्थीलाई सहजिकरण गरे ।
कार्यक्रममा सुनसरीका पत्रकारहरुका लागि कोरोना कहरका समयमा ,दुर्घटना वीमा , खाद्यान्न राहत ,स्वास्थ्य सुरक्षा सामाग्री मास्क ,सेनिटाइजर लगायतका सामाग्री वितरण देखि संक्रमित वन्न पुगेका पत्रकारहरुलाई मोवायल डाक्टर कार्यक्रम सञ्चालन गरेर संक्रमितको घरघरमा औषधी उपचार व्यवस्था मिलाउने लगायतका काम गर्ने प्रेस युनियनको कामको प्रसंशा भएको थियो ।
प्रशिक्षण कार्यक्रमको उद्धघाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का ,इक्वाल अहमद , प्रदेश सचिव सन्तोष यादव , नेपाल प्रेस युनियन प्रदेस सचिव धनवहादुर पुरी , नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश निरौला , सचिव धु्रव ढकाल बरिष्ठ फोटोग्राफर विसप ताम्राकार लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । प्रेस युनयन सुनसरीका सचिव विवेक भट्टराईले सन्चालन गरेको औपचारीक कार्यक्रम सहभागिलाई प्रमाणपत्र वितरण गरेर सम्पन्न भएको थियो ।