इटहरीः सरकारले स्थानीय तहको निर्वाचन २०७९ साल जेठ ४ गते गरी निर्वाचन आयोगसँग प्रस्ताव गरेको छ ।
निर्वाचन आयोगका पदाधिकारीसँग मंगलबार प्रद्यानमन्त्री शेर बहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ गते एकै चरणमा गर्ने विषयमा प्रस्ताव गरेको र निर्वाचन आयोगले पनि उत्त मितिमा गर्न सकिने बताएको छ ।
छलफलपछि प्रधानमन्त्री देउवाले निर्वाचनको तयारी अघि बढाउन आयोगलाई आग्रह गरेका छन भने सरकारले छिट्टै मिति घोषणा गर्ने बताएका छन् ।
सम्भवत अबको मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा हुने कार्यक्रम रहेको बताइएको छ ।
प्रस्तावित समयमा निर्वाचन सम्पन्न गर्न समय अपुग हुने भएकाले आज वा भोलि नै मन्त्रिपरिषद् बसी मिति घोषण गर्ने सरकारको तयारी रहेको छ ।
स्थानीय चुनाव ढिलो गर्ने तयारीमा रहेको गठबन्धनलाई चौतर्फी दवाव आएपछि गत शनिबार बसेको गठबन्धनको बैठकले कानुनमा आवश्यक संशोधन गरेर भए पनि जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो ।
गठबन्धनमा सहमति जुटाएपछि प्रधानमन्त्री देउवाले निर्वाचनबारे छलफल अघि बढाएका थिए । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । त्यसअगावै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने कानुनी व्यवस्था छ ।