इटहरीः विगत दुई दशक देखि नेकपा एमालेका भातृ संगठन प्रेस चौतारीमा रहेका झापाका पत्रकार मुत्ति पौडेलले संगठन छाडेको घोषणा गरेका छन् । पौडेल चौतारीका केन्द्रिय सदस्य थिए ।
पौडेलले मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी एमाले एंव भातृ संस्थाको नेतृत्व एवं पत्रकारीता गरिरहँदा पार्टीले प्रजातान्त्रिक पद्धती एंव लोकतान्त्रिक विधि र नीतीको पालना नगरेको भन्दै पार्टी परित्याग गरेको बताएका हुन ।
झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ निवासि पौडेल नेपाल विद्यार्थी संगठन अनेरास्ववियुदेखि कम्युनिष्टको राजनितिमा लागेको र २०६४ साल देखि नै एमालेको संगठित सदस्य भई एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यको भुमिका निर्वाह गरिरहेका थिए ।
प्रेस चौतारी नेपालको झापा जिल्ला उपाध्यक्ष, अध्यक्ष, प्रदेश एक उपाध्यक्ष हुदै केन्द्रिय सदस्यमा पुगेका पौडेलले आज माघ १८ गते मंगलबारका दिनबाटै पार्टीको सदस्य एंव प्रेस चौतारीको केन्द्रिय सदस्यको जिम्मेवारीमा नरहने घोषणा गरका छन् । आगामी दिनमा विधि पद्धती , नीति , सिद्धान्त , सदाचार र नागिक अधिकारका लागि क्रियाशिल रहने पौडेलेको उद्घोष छ । उनलाई सामाजिक सञ्जाल फेसबुक मार्फत समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले पनि स्वागत गरेका छन् ।
नेकपा एस निकट समाजवादी प्रेस संगठनका प्रदेश इन्र्चाज तीर्थ सिग्देलले पौडेलको कदमलाई फेसबुक मार्फत स्वागत गर्दै पौडेल समाजवादी प्रेस संगठनमा आवद्ध हुने संकेत गरेका छन् ।