इटहरीको भोटिया खोला पूल शिलान्यास

  • माघ ७, २०७८
  • २५६ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः इटहरीको दक्षिणी सिमा क्षेत्रमा पर्ने वडा नम्वर १५ स्थित भोटिया खोला पूल शिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीले पूल शिलान्यास गरे । ४ करोड १६ लाख४१ हजारको लागतमा दुई बर्षमा सो पूल निमार्ण भइसक्ने सम्झौता छ । इटहरी र इनरुवा जोडने सो पुल निर्माण पछि स्थानीय अत्यन्तै लाभान्वित हुने उपमहानगरका प्रमुख चौधरीले वताए ।

1642749409441
खेतिपाति गर्न र कृषि उपज वजार पूरयाउनका लागि स्थानीयलाई पूल अतिनै आवश्यक भएकाले उपमहानगरले तीन बर्षको रकम जुटाएर पूल निर्माण थालेको उनको भनाई छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य सुवेदीले निर्धारित समयमै गुणस्तरीय काम हुनुपर्नेमा जोड दिए । वडा नम्वर १५ का कार्यवाहक वडाध्यक्ष सुवोध नारायण चौधरी र वडा सदस्य अशोक चौधरीले स्थानीयको एउटा ठूलो समस्या समाधान हुन लाग्दा स्थानीय अत्यन्तै हर्षित वनेको वताए ।
यो इटहरी उपमहानगरपालिकाको पूल निर्माणको ठूलो योजना हो । साढे चार बर्षको अवधिमा इटहरीमा ठूला दुई सहित साना ठूला गरि १९ वटा पूल निर्माण भएका छन् । भोटिया खोला सहित दुई वटा ठूला पूल योजना अहिले संचालित छन् ।

प्रतिक्रिया दिनुहोस

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही, संरक्षण नगर्न दलहरुलाई आग्रह

विराटनगरः कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएकोछ । तत्काल गर ...

लिम्बुवान नेता वीर नेम्वाङलाई एक लाखको काङ्सोरे पुरस्कार

लन्डनः विगत चार दशकदेखि लिम्बुवान आन्दोलनको मुद्दा उठाउँदै आएका पुराना नेता वीर नेम्वाङलाई लिम्बुवान ...

धरानका मेयर हर्क साम्पाङ्ग झाडु बोकेर भानु चौकमा, खैनी र भोलाका खोल टिप्दै

धरानः धरान उपमहानगरपालिकाका लागि नव निर्वाचित मेयर हर्कराज साम्पाङ्ग राई बिहिबार झाडु बोकर सरसफाईका ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved