इटहरीः ‘चुरीफुरी’ फिल्मको अष्ट्रेलिया प्रदर्शन अधिकार महंगो रकममा बिक्री भएको छ । आउदो शुक्रबार अर्थात् ९ पुषबाट देशब्यापी प्रदर्शनमा आउन लागेको हाँस्य प्रदान समाजीक फिल्म ‘चुरीफुरी’ को अष्ट्रेलिया राइट बेलेक ब्रोस इन्टरटेन्मेन्टले लिएको र आफुहरुबीच आइतबार सम्झौता भएको जानकारी निर्माता,निर्देशक ऋषिराज आचार्यले दिएका छन् ।
हाँस्यकलाकारहरु रबिन्द्र झा,शिसिर भण्डारी,दीपक आचार्य (काकु), सुरवीर पण्डित (दारी बा),पवन खतिवडा (म्याकुरी),सुबोध गौतम (एदुमे) लगायत नवकलाकार अभिषेक श्रेष्ठ, सोन बज्रचार्य, पूजा पन्त,राजीवजंग बस्नेत,रिन्जिन गुरुङ,तुलसीप्रसाद श्रेष्ठ,सुनीता श्रेष्ठ,राजेन्द्र खाती,जोया ढकाल, ऋतु आचार्यलगायतका कलाकारको अभिनय रहेको फिल्म कतिमा बेचिएको हो, त्यो भने निर्देशकले खुलाउन चाहनेनन् ।

‘वर्तमान परिप्रेक्ष्यमा महंगै रकममा सम्झौता भएको छ,’ उनले भने,‘उहाँहरुले फिल्मको ट्रेलर तथा गीत हेरेर प्रदर्शनका लागि इच्छा देखाउनु भएको थियो । आइतवार सम्झौता भयो ।’ ‘चुरीफुरी’ केही समयभित्रै अष्ट्रेलियका बिभिन्न शहरमा प्रदर्शन गरिने जानकारी उनले दिएका छन् ।
निर्देशक ऋषिराजकै लेखन रहेको फिल्म राहुल राईले खिचेका हुन भने नवीन निरौलाको सम्पादन छ ।

दीपक शर्माको संगीत रहेको फिल्मको गीतको कोरियोग्राफी भीमफेदी गाइजले गरेको हो । डिसिएनले बितरण गर्ने फिल्म अष्ट्रेलियालगतै अमेरिका, कतार,जापान लगायतका देशमा पनि प्रदर्शन हुने बताइएको छ । निर्देशक स्वयमका साथमा रिना ढकाल (भण्डारी) निर्माता रहेको फिल्मको सहनिर्मातामा बिमला भुसाल,राजेन्द्र खाती,शिब थापा र खेमराज भण्डारी छन् ।