बराहक्षेत्रः झुम्का चतरा सडकको मध्यतीर रहेको थलाहाको पुलदेखि १०० मिटर मुनि अबस्थित छ, सरस्वती मावि । बिसं २०४० सालमा स्थापना भएको विद्यालय तत्कालिन अवस्थामा ३ कक्षाबाट पठनपाठन सुरु भएको थियो । तत्कालिन समयमा उचित व्यवस्थापनसहित संचालित बिद्यालयबाट साबिक भरौल गाबिसका पुलाहा, जमटोकी, धनपुरी, कालांबजर र पिडारीबासीहरु लाभान्वित भएका थिए ।

एक समय निमाविसम्ममा ६ सय विद्यार्थी थिए तर हाम्रो बिद्यालयको बारेमा केही अफ्बाह फैलिएर क्रमशः विद्यार्थी घट्दै गए, पुर्वप्रधानाध्यापक नारायण चौधरीले भनें ।विसं २०४० सालमा ३ कक्षाबाट सुरु भएको बिद्यालयले ०५६ सालमा कक्षा ६ सम्म स्तरोन्नति गरेको थियो । त्यसपछि क्रमशः ०५७ सालमा कक्षा ७, ०६१ सालमा कक्षा ८, ०६६ सालमा कक्षा ९ र ०६७ सालमा आइपुग्दा कक्षा १० सम्म संचालन गरेको हो । विसं २०६७ सालबाट एसएलसीको सुरुवात गरेको उक्त बिद्यालयबाट ६१ जना परिक्षार्थी सम्मलित भएका थिए ।

स्थापनाकालदेखि हालसम्म पनि बिद्यालयमा दक्ष जनशक्तिको अभाव भने रहिरहयो । २०४५ सालमा ५ कक्षासम्म संचालित हुँदा ४ जनामात्र प्राबिको दरबन्दी रहेको बिद्यालयमा अझैसम्म त्यही दरबन्दी कायम रहेको पुर्वप्रधानाध्यापक चौधरीले जानकारी दिए । बिद्यालयमा अझै पनि मावि शिक्षकको अभाव भएकाले तीनवटा मावि दरबन्दी चाहिने बिद्यालयले जनाएको छ ।

विद्यालय संचालन भएको यस अबधिसम्म ६ जना प्रधानाध्यापक( हेड मास्टर) फेरिए । स्थापनाकालमा कनिकलाल चौधरीपछि क्रमशः खिलकराज घिमिरे, पदमनारायण राजधामी, कृष्णराज नेपाल, नारायण चौधरी हुँदै अहिले बमबहादुर निरौला हेडमास्टरका रुपमा कार्यरत छन् ।

266403483_1139376176599055_3208802314417127186_n

कक्षा १० सम्म अंग्रेजी विषयको अध्यापन गराउँदै आएका शिक्षक हरि ठकुरी भन्छन्, ञबिधालयमा पढाइको गुणस्तरलाई अझ बलियो बनाउने उद्देश्यले ट्यिुसन कक्षाको समेत व्यबस्था गरेका छौ । विशेषगरी दलित समुदायको बाहुल्यता रहेको उक्त विद्यालयमा गरिब, जेहन्दार तथा दलित विद्यार्थी का लागि छात्रवृत्तिको पनि ब्यबस्था गरिएको छ ।

त्यसैगरी विद्यार्थी प्रोत्साहनका लागि शैक्षिक सत्र ०७४र७५ बाट १ देखि ५ कक्षासम्मको विद्यार्थीलाई प्रतिब्यक्ती दैनिक १५ रुपैयाँका दरले खाजाबापत प्रदान गरिएको छ । कक्षा १देखि ३सम्म अंग्रेजी माध्यममा पठनपाठन गराईदै आईएको र विद्यार्थीलाई पढाईको बानी विकासका निम्ति बालबिकास कक्षा पनि संचालन गरिरहेको छ ।

संस्थागत विद्यालयले सरकारी विद्यालयलाई प्रभावित पारिरहेको बर्तमान परिपेक्ष्यमा सरस्वती माबी पनि अछुतो छैन ।
तल्लो तहमा विद्यार्थीको संख्या किन न्यून भन्ने प्रश्नमा प्रधानाध्यापक निरौलाले भने, यहाँ अधिकांश दलित(मुसहर र अन्य) बस्ती छ, उनीहरू बिधालय आउनै मान्दैनन् । उनले थपे, ञहाम्रो मूख्य समस्या भनेको यतिबेला जताततै बोर्डिङ स्कुल छन्, त्यसैले कोहिपनी सरकारी विद्यालय पढ्न चाहादैनन् ।
बोर्डिङ स्कुलको बढ्दो क्रेज र पातलो बस्ती भएकाले विद्यार्थीको संख्या कम भएको भएपनी पछिल्लो केही वर्षयता राम्रो हुँदै गएको उनले बताए ।
यसअघि खोटाङको शिशु माध्यमिक विद्यालयबाट ७१ सालमा यहाँ आएका उनी त्यही साल प्रधानध्यापक बनेका थिए ।

268021022_447107827118157_5600257637617468444_n

प्लान इन्टरनेसनल नेपाल र बालक्लबको सहकार्यमा विद्यालयमा रोपिएका फुल बिरुवाहरुले जो कोहीलाई मनमोहक बनाउन सक्छ । प्रदेश सरकारको ६ लाख बजेटमा एउटा ल्यापटप, ६ कम्प्युटर, प्रत्येक कक्षामा सिसि क्यामेरा जडान गरिएको छ । विद्यालयमा हाल १० कम्युटर र २ ल्यापटप ल्यापटप रहेका छन् भने प्रत्येक कक्षाको पठनपाठन सिसि क्यामेराको निगरानीमा हुने गरेको छ । त्यस्तै, कक्षा ८ सम्म आधारभूत शिक्षाको रुपमा कम्प्युटरलाई राखेपछि कम्प्युटरको लागि शिक्षक नै राखिएको छ ।

विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रष्पोटन गर्ने हेतुले समूह विभाजन गरि प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्दै आएको खेलकुद संयोजक शिक्षक नारायण चौधरीले बताए । उनका अनुसार प्रत्येक शुक्रबार टोली बनाएर लोकनृत्य, कविता, खेलकुद, हाजिरीजवाफ लगायतका कार्यक्रमहरु गर्ने गरिएको छ । सरस्वती माविबाट राष्ट्रपति रनिङ शील प्रतियोगिताअन्तर्गत डेबिट चौधरी पुर्वान्चलस्तरीय खेलमा समेत उत्कृष्ट भएका थिए ।

हाम्रो स्कुलको पढाईमा कम्प्लेन गर्न त मिल्दैन । कक्षा ९ कि छात्रा सुजता बिश्वकर्मा भन्छिन्, सरहरु समयमै आउनुहुन्छ, पढाउनु भएकै छ र बेलाबेलामा अन्य गतिविधिहरु पनि गरेकै हुन्छ ।

विद्यालयका आगामी महत्त्वपूर्ण परियोजनाअन्तर्गत विभिन्न कार्यक्रम संचालनका लागि आफ्नै सभाहलको निर्माण हुँदै गरेको छ भने विद्यालयभित्रै सरस्वतीदेवीको मन्दिर निर्माणको अन्तिम चरणमा छ । त्यस्तै, विद्यालयमा अहिले खानेपानीको उचित व्यवस्था मिलाईएको छ भने स्टाफ, लेडिज र जेन्सको लागि छुट्टाछुट्टै शौचालय रहेका छन् । अफिस कोठाको लागि ३६ लाखको बजेटमा ४ कोठे भवनको निर्माणकार्य अन्तिम चरणमै छ ।
स्थापनाकालमा तीन वटा कक्षाकोठाबाट पठनपाठन गरेको विद्यालय हाल बराहक्षेत्र ४ स्थित धनपुरी टोलमा १ बिगाहा १७ कठा १७ धुर क्षेत्रफलमा रहेको छ । केहि समयअगाडि पढाइको गुणस्तर र भौतिक पूर्वाधार समेत जीर्ण रहेको विद्यालयको अहिले ७५ प्रतिशत नतिजा रहेको छ । आजसम्मको एसएलसी र एसईई परिक्षामा ञएझ ग्रेडसम्म ल्याउन सफल भएको छ ।

ss2

स्वास्थ्य तथा जनसंख्या अध्यापन गराउँदै आएकी शिक्षिका सन्तोषी चौधरीले छात्राहरुका लागि व्यवस्थित शौचालय र सेनिटरी प्याडको व्यवस्था रहेको बताईन । विद्यालयमा छात्रको तुलनामा छात्राहरु बढी भएको हुँदा सरस्वती माविका छात्राहरू धेरै क्षेत्रमा अगाडि रहेको चौधरीले दाबी गरिन् । ०४० सालमा स्थापना भैइ हालसम्म निरन्तर संचालनरत सरस्वती मावि यतिबेला धेरै अभिभावकको रोजाइ बन्ने गरेको अभिभावक स्वयम् बताउँछन् ।