इटहरीः जिवन संघर्ष हो , भोगाई हो । व्यक्ति र उसको आकाँक्षा अनुसार भोगाई फरक फरक हुन्छन् र संघर्ष पनि फरक प्रकृतिको हुन्छ । कसैले सिमित सफलता प्राप्त गर्नको लागि जिवन भर संघर्ष गर्नुपर्छ अनि कतिले छोटो समयमै सफलता प्राप्त गर्छ । सफलता प्राप्त गरेपछि टिकिरहने पनि होइन त्यसलाई टिकाइरहन पनि अरु संघर्षको आवश्यकता हुन्छ । संघर्ष र सफलताको फेहरस्ती अरुको भन्दा भिन्दै रहेछ इटहरी ९ निवासि प्रदिप अधिकारीको ।
केहि रस्साकस्सी पछि हामीले प्रदिप अधिकारीलाई भेट्यौँ । किसान परिवारमा हुर्किएका रहेछन् अधिकारी, घरको जेठो छोरो, जिम्मेवारी त हुने नै भयो । अधिकारीका अनुसार उनको घर इटहरीमा आठ दश वटा गाई टुट्दैनथे पहिले पनि ।
इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा थियो रे अधिकारी परिवारको बसोबास । प्रदिप जन्मेको उहिँ रहेछ इटहरीकै आँपगाछी पूर्व बौकाझोडामा । आफु दुई बर्षको हुँदा इटहरीकै बरगाछिमा बसाई सरेर आएको प्रदिप बताउँछन् । पछि २०४० साल तिर अधिकारी परिवार इटहरी ९ मा बसोबास गर्न थालेको रहेछ । केहि इटहरी अनि केहि धरानमा अध्ययन गरेका प्रदिपले एसएलसि भने उर्लाबारीको राधिका माविबाट भएको रहेछ ।
विज्ञान बिषयको अध्ययन गर्न अधिकारी त्यतिबेला बनारस पुगेका रहेछन् । बनारसबाट विज्ञान विषयमा आईएसई गरेपछि महेन्द्र बहुमुखी क्याम्पस धरानबाट स्नातक र बिराटनगरको डिग्री क्याम्पसबाट स्नातकोत्तरसम्मको औपचारिक अध्ययन रहेछ प्रदिपको । जिन्दगीलाई सफल बनाउने भनेको परिपक्कता र अनुभवले हो पढाई त एउटा शैक्षिक ज्ञान सिकाउने माध्यम मात्रै । बिजनेस एड्मिनिस्टेसनमा स्नातकोत्तर गरेको अधिकारी पढे पछि जागिरनै खानुपर्छ भन्ने सँस्कृतीका विपक्षि हुन ।
प्रदिप अधिकारीले डिग्री सकाएको दुई दशक कटेको छ । चाहेकै भए अधिकृत सरहको जागिर गाह्रो हुन्थेन तर जिन्दगीको रोजाई जागिर रहेन न त घरमा भएका गाईको उत्पादनले नै आर्थिक अभावहरु टार्न सक्यो । २०५७ सालमा प्रदिपको जिवनमा साथ र जिम्मेवारी दुवै थपिएको रहेछ अर्थात भनौ उनी बैवाहिक बन्धनमा जोडिएछन् । विवाह त्यसपछि बालबच्चा एउटा प्रक्रिया न हो घरको जेठो छोरो ३ जना बहिनी दुई दाजु भाई । खर्च धान्न प्रदिपले रेमिट्यान्स व्यावसाय सुरु गरेका रहेछन् ।
आफ्नो विद्यार्थी जिवन सकेसँगै साथीहरुसँग मिलेर गरेको रेमिट्यान्स व्यावसायले प्रदिपलाई निकै माथि उठाएको रहेछ । हुन पनि त्यो आलो समय थियो बैदेसिक रोजगारीमा जानेहरु निकै थिए तर रेमिट्यान्स अहिले जस्तो सरल र सहज छँदैथिएन । तै पनि समुहमा गरेको व्यापार जति नै फस्टाएपनि नाफा त एक्लो हुदैन त्यो पनि बाँडिन्छ एउटै व्यावसायमा धेरै जना भएकाले रेमिट्यान्सबाट प्रदिपले हात झिकेका रहेछन् ।
रेमिट्यान्सपछि दुरसन्चारको क्षेत्रमा हात हालेका रहेछन् प्रदिपले । टेलिकम कम्पनी एनसेलको कोशि अन्चल स्तरिय डिलर खोलेर आफ्नो व्यावसायलाई दौडाउने काम गरेका रहेछन् । एनसेलमा काम गर्दाका बखत आफु देश विदेश घुम्ने र आफ्नो जनसम्पर्क बढाउने काममा बढि लागेको अधिकारीले हामीलाई सुनाए । कुनै समय उनको एनसेलको डिलर देशमै टप डिलरको रुपमा समेत चिनिएको थियो जव देश संघिय संरचनामा गयो । राज्यका संरचनाहरु पmेरीए, गाविस गाउँपालिका भयो , विकास क्षेत्रहरु प्रदेशीय संरचनामा आए । त्यसो भएपछि प्रदिपको कोशि अन्चल डिलर रहिरहन पाएन । ठुलो लगानी भएकाहरु व्यावसायमा आकर्षित हुदा आफुलाई असजिलो महशुल भएर डिलरसिपबाट हात झिकेको प्रदिप बताउँछन् ।
जतिबेला देशमा बँैकिग वित्तीय सँस्थाहरु बढ्दै गएका थिए । एक प्रकारको क्रेज पनि थियो वित्तिय सँस्थामा । प्रदिपले पनि आफ्ना केहि साथिहरुको टिम बनाएर लघुवित्तको सपना देख्न थालेछन् त्यसपछि जन्मिएको रहेछ सपोर्ट लघुविज्ञ वित्तीय सँस्था ।
२०६८ सालमा जन्मिएको सपोर्टले २०७१ सालमा नेपाल राष्टबँैकबाट वित्तीय कारोबार गर्ने स्वीकृती पाएको रहेछ । सपोर्टको स्थापनाकालका हस्तीहरु महेश पोख्रेल, असोक प्रद्यान, कमल तिमल्सेना, सुमित अधिकारी लगायतको संघर्षलाई प्रदिप अझै पनि सम्झिरहेका रहेछन् । सपोर्टका सुरुका दिनमा भएको संघर्ष र अप्ठ्योरो प्रदिपलाई अझै पनि स्मरण रहेछ । कर्मचारीको टिम बनाउँदा जिम्मेवारी लिने कुरामा कठिनाई भएको उनले हामीसँग बताए । प्रदिपले सपना देखेको सपोर्ट लघुवित्तले अहिले आफ्नो सातौँ बार्षिक साधारण सभाको तयारी गरीरहेको छ र अहिले पनि सपोर्टको संचालक समितिको अध्यक्षको जिम्मेवारी प्रदिपले नै निभाइरहेका छन् । कुशल नेतृत्व कुलमणि तिमल्सिना सपोर्टका प्रमुख कार्यकारी अधिकृत छन् ।
हरेक कुरामा नयाँ प्रयोग आजको आवश्यकता हो । नयाँ काम गर्नुभन्दा पनि पुरानै कामलाई नयाँ तरिकाले गरेर पनि सफलता हासिल गर्न सकिन्छ भन्ने विश्वास गर्दै अधिकारीले आफ्नो पुरानो पेशा अर्थात कृषिलाई नै आधुनिक तरिकाले गर्ने अडोट लिएछन् । त्यहि अठोडलाई पुरा गर्न जन्मिएको रहेछ तमोर डेरी उद्योग । हुन त प्रदिपका बुवा २०४२ सालमै उत्कृष्ट कृषकको रुपमा तत्कालिन राजा विरेन्द्रबाट सम्मानित भएका रहेछन् । आफ्ना बुवाले त्यतिबेला १२ केजि सम्मको बन्दाकोवि फलाएको याद अझै ताजा रहेछ प्रदिपलाई । त्यसैले पनि कृषि पेशामै आफुले भविश्य देखेर डेरी उद्योग खोलेको उनले बताए ।
डेरी भन्नु दुध दहि मात्रै होइन त्यहाँभित्रपनि उत्पादनको आकार बढाउन सकिन्छ भनेर आफुले तमोर डेरीको सुरुवात गरेको प्रदिपले हामीलाई बताए । तमोर डेरीको इटहरीमा सामान्य दुध, दहि घयुमात्रै पाइने भएता पनि तेह्रथुमको बसन्तपुरमा मुख्य प्रोडक्सन युनिट रहेको छ ।
तमोर डेरीले बसन्तपुरको उद्योगबाट ठुलोमात्रामा छुर्पि उत्पादन गर्छ अनि स्वदेश र विदेशमा समेत निर्यात गर्छ । विदेशी बजारमा ठुलो माग रहेको छुर्पिलाई व्यावसायीक बनाउने क्रममा जिवनकै महान चुनौतिहरु सामना गरेका छन् प्रदिपले । पुर्वि पहाडमा गएर उद्योग सन्चालन गर्न कति गाह्रो भयो त भन्ने प्रश्नमा प्रदिपले सहजता प्रकट गरे । पहिला एनसेलको व्यावसाय प्रवद्धन गर्ने क्रममा पुर्वी पहाडमा राम्रो जनसम्पर्क रहेकाले त्यति गाह्रो नभएको अधिकारीले सुनाए ।
अहिले पनि सिजनमा महिनाको १२ सय केजि बराबर छुर्पि र १६ सय केहि बराबर घयु उत्पादन हुँदोरहेछ प्रदिपको बसन्तपुरमा रहेको उद्योगबाट । उत्पादन बढाउनको लागि लामो समयसम्म घयु तथा दुग्ध पदार्थ राख्ने स्टोरेजको समस्या रहेछ डेरी उद्योगहरको लागि । अरु सामानसँगै राख्दा पनि विग्रने र यसको लागि मात्रै नयाँ कोल्ड स्टोर तयार गर्न मँहगो पर्ने प्रदिपको भनाई छ ।
व्यावसायमा आकर्षित हुनेहरुले समय अनुसार ग्राहकलाई सन्तुष्टि दिँदै जानुपर्ने प्रदिपको अठोत रहेको छ । हुन त व्यापार गछु भन्नेहरु धेरै छन् हुनुपनि पर्छ तर व्यापारलाई व्यवहारीक पनि बनाउन जरुरी छ । नबुझि व्यापारमा जो आउँछ उ धारासायी पनि हुन्छ । प्रदिपको विश्वास पनि यहि रहेछ ।
लामो समय रेमिट्यान्ससँग जोडिएका काम गरेका प्रदिप अहिलेका युवाको क्रेज बैदेशिक रोजगारमा देख्दा चिन्तीत देखिन्छन् । विदेशमा जम्मा जम्मी कमाउने भनेको बिस पचास हजार हो । त्यो लगाव देशमै लगाउन सके सफलता कमाइन्छ । प्रदिपको भनाई छ । युवालाई कृषिमा होमिन सल्लाहा दिने अधिकारीले व्यावसायमा लगनसिलता र इमानदारिता एकदमै आवश्यक रहेको औल्याए ।
जिन्दगीको ५० औँ बसन्तमा उक्लिँदै गर्दा प्रदिपले एउटा महत्वपुर्ण सफलता हात पारेका छन् । कृषि पेशा अन्तर्गत डेरी प्रोडक्ट अझ भनौ छुर्पिको उत्पादन र अन्तराष्टिय बजारमा बजारीकरण गर्ने हस्ती भएको नाताले नेपाल सरकारले अधिकारीलाई नेशलन प्रोफेसनल एचिभमेन्ट अवार्डबाट सम्मानीत गरेको छ । जुन अवका दिनमा उनलाई डोर्याउने हौसला पनि हो । एउटा कृषकको छोराले पाएको यो अवार्डले नेपालको ग्रामिण क्षेत्रमा उद्योगिकरण गर्ने र देशलाई चिनाउने अधिकारीलाई ठुलो सम्मान व्यक्त गरेको छ । कामलाई ठुलो सानो नभनी निरन्तर व्यावसायीक यात्रा समातेका अधिकारीको उच्च सफलताको हार्दिक शुमकामना ।