धरानः धरानबाट थुप्रै गायक ÷कलाकारहरुले नेपाली संगीत तथा मनोरंजन क्षेत्रमा आफ्नो नाम राखेका छन् । यही क्रममा धरानका गायक रविल श्रेष्ठले आफ्नो नयाँ गीत “आफ्नो लागि “म्युजिक भिडिओ सहित रिलिज गरेका छन् ।

rabil shrestha 2

लोकप्रिय कोरियोग्राफर तथा मोडल प्रियारानी लामाको मुख्य अभिनय रहेको गीतको भिडिओ सृस्टी राईको निर्देशनमा तयार भएको हो समस्टी राईको कला निर्देशन, अभि साम्पाङ्ग राईको सम्पादन, समन महर्जनको छायांकन र कलर रहेको छ । गायक श्रेष्ठकै रचना रहेको गीतमा संगीत रोशन शर्माको रहेको छ भने सुरज विश्वकर्माको संगीत संयोजन तथा मिक्सिङ्ग रहेको छ ।

priya 2

समग्रमा गीत ÷संगीत तथा भिडियो मेकिङ्ग सम्पूर्ण कुरामा गुणस्तरमा धेरै ध्यान दिइएको छ । गीत तथा भिडियोको पोजिटिभ रेस्पोन्सले पनि गायक रविल सन्तुस्ट रहेको र फेरि नयाँ गीतको तयारीमा जुट्न जोस आएको बताउँछन् ।  ओएसआर डिजिटल युट्यूब च्यानलमार्फत् गीत रिलिज गरिएको छ ।