दुहबीः सुनसरीको दुहबीमा छठ पर्वको अवसर पारेर सांस्कृतिक कार्यक्रम समपन्न भएको छ ।

छठ पर्व सेवा समिति दुहबी– १० को आयोजनामा दुहबी– १० स्थित सिमरियामा भएको सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारले नृत्य प्रस्तुत गरेका थिए । छठ पर्व सेवा समितिका रामचन्द्र मण्डलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा दुहबी– १० का जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी र सर्वसाधारणको उपस्थिति थियो । कार्यक्रममा विभिन्न मनोरन्जनत्मक गीत–सङ्गीत र नृत्य प्रस्तुत गरिएको थियो ।