इटहरीः नेपाल राष्ट्र बैंकले ८ कक्षा पास गरेकालाई समेत जागिर दिने गरी नयाँ रिक्त पदमा दरखास्त आव्हान गरेको छ ।

सुरक्षा समुह र कार्यालय सहयोगीसमेत गरी जम्मा ६३ जना कर्मचारी माग गर्दै बैंकले आइतबारबाट आवेदन आव्हन गरेको छ । ६ महिने करारमा नियुक्त गरिने भनिएको उक्त आव्हानमा सुरक्षा सहायकमा १ जना, रक्षकमा ५ जना र सिपाहीमा २२ जना पदपूर्ति गर्न लागिएको बैंकले जनाएको छ । त्यस्तै सिपाहीको लागि ५ जना महिलाको समेत दरखास्त खुलाइएको छ ।

कार्यालय सहयोगीमा भने ३० जनाको माग गरिएको छ । आवेदन खुलाइएका यी सुरक्षा सहायक र रक्षकलाई एसएलसी तथा सो सरहको शैक्षिक योग्यता चाहिने छ भने अन्य पदको लागि कक्षा ८ उत्तिर्ण गरेकाले जागिर खान पाउने छन् । यी सबै पदको लागि अनुभव अनिवार्य गरिएको छ । इच्छुकले नेपाल राष्ट्र बैंकको वेबसाइटमा गई क्यारियर पेजबाट आवेदन दिन सकिने बताइएको छ ।