इटहरीः मानुषी लघुवित्त वित्तीय सँस्था लिमिटेडले सर्वसाधारणका लागि साउन २७ गतेबाट साधारण शेयर निस्कासन गर्ने भएको छ ।
कम्पनीले आफ्नो चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाको ३६ प्रतिशतले हुन आउने रकम बराबरको पुँजी सर्वसाधारणलाई बेच्न लागेको हो । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरका ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर बिक्री खुल्ला गर्न लागेको हो । जसमध्ये १०० रुपैयाँ अङ्कित मूल्यका ५ हजार ४ सय ६९ कित्ता शेयर कर्मचारी र १९ हजार ६ सय ८८ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्टाएको छ । छिटोमा साउन ३१ र ढिलोमा भदौ ५ गतेसम्म बिक्री खुल्ला गरिएको सो शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ख लिमिटेड नियुक्त भएको छ ।
केयर नेपाल रेटिङ्खबाट बी प्लसको रेटिङ्ख पाएको यो आईपीओको लगानीमा कम जोखिमको देखाउँछ । सक्रिय लगानीकर्ता ३७ लाख नाघेको अवस्थामा थोरै सङ्ख्याको आईपीओ भएको मानुषी लघुवित्तको शेयरमा १० कित्ताभन्दा बढी भर्नु उपयुक्त भने नभएको विज्ञहरुको सुझाव छ ।