इटहरीः नेपाल स्टक एक्चेन्जले पछिल्ला तीन वर्षको शेयर बजारमा उत्साहजनक सफलता मिलेको दाबी गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै नेप्सेले अनलाइन कारोबार सुरु गरेको तीन वर्षमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको दाबी गरेको हो । नेपालको धितोपत्र बजारलाई सञ्चालन गरिरहेको नेप्सेले पछिल्लो समयमा बजारको सुपरिवेक्षण,पुँजी बजार साक्षरता तथा सूचीकरणका क्षेत्रमा अघिल्लो आर्थिक वर्ष २०७७\७८मा महत्वपूर्ण काम गरिएको बताएको छ । कम्पनीले कोभिड महामारीका बीच पनि इन्टरनेटका माध्यमबाट प्रदेश १ बाहेक सम्पूर्ण प्रदेशमा शेयर बजारको सचेतनाको काम गरिएको समेत दाबी गरेको छ । अघिल्लो आर्थिक वर्षमा नेप्सेले सम्पूर्ण सदस्य दलाल कम्पनीमार्फत् अनलाइन टिएमएस को युजर नेम तथा पासवर्ड उपलब्ध गराउनसमेत भुमिका खेलेको थियो ।

नेप्सेले यसै आर्थिक वर्षबाट अन्य समुहमा रहेका ८ कम्पनीमध्ये ४ वटा कम्पनीलाई इन्भेष्टमेन्ट अर्थात लगानी समुहमा सूचीकृत गरेको थियो भने होटल समुहको नाम परिवर्तन गरी होटल तथा पर्यटन समुह बनाएको थियो । यसैगरी, शेयरको दोश्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या गत सालभन्दा ६ लाखले बढेको छ । आर्थिक वर्ष २०७६\७७ मा २ लाख ४५ हजार ४ सय ७४ लगानीकर्ता रहेकामा यस वर्ष त्यो सङ्ख्या बढेर ८ लाख ७७ हजार २ सय ३ जनामा पुगेको छ । शेयर खरिद बिक्री गर्न दलाल कम्पनीमा जानु नपर्ने र घरैबाट कारोबार गर्न सकिने भएपछि शेयर बजारमा लगानीकर्ता .ह्वात्तै बढेका छन् ।

शेयर बजारको वार्षिक प्रगति विवरण जस्ताको तस्तै:

Screenshot 2021-07-26 173846