इटहरीः साताको दोश्रो दिन भएको शेयर कारोबारबाट नेप्से परिसूचकमा झिनो करेक्सन भएको छ ।

साताको पहिलो दिन आइतबार बढेको शेयर बजार सोमबार भने ८ दशमलव २४ अङ्कले घटेर ३०५० दशमलव ४३ अङ्मा कायम भएको हो । सोमबार भएको कारोबारबाट वाणिज्य बैंक, विकास बैंक, म्युचुअल फण्ड, इन्भेष्टमेन्ट र अन्य समुहका लगानीकर्ताले घाटा व्यहोरेका छन् भने उता जलविद्युत समुहका लगानीकर्ताले केही कमाएका छन् । सोमबारको कारोबारबाट ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलको कारोबार भएको छ ।

त्यसरी कमाउने कम्पनीहरुमा घलेम्दी हाइड्रो, जानकी फाइनान्स, माइन्टेन हाइड्रो, रिडी हाइड्रो, विशाल बजार कम्पनी, ङ्खादी गु्रप पावर कम्पनी र हिमालयन उर्जा रहेका छन् । जलविद्युत कम्पनीका लगानीकर्ताको शेयरमा सर्किट लाग्दा यस समुहको शेयर सुचकाङ्कमा हरियाली देखिएको छ भने अन्य समुहको कारोबारमा सामान्य करेक्सन देखिएको छ । सोमबार २ सय २३ कम्पनीको एक लाख ३७ हजार २४२ कारोबारबाट १४ अर्व १४ करोड ९७ लाख ८५ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । जुन आइतबारको तुलनाको १० करोडभन्दा बढी रुपैयाँले कम हो ।