इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि नगर कार्यपालिका कार्यालय र मातहतका सबै वडा कार्यालयहरु बन्द गरिएको छ ।
केही कर्मचारीमा कोरोना संक्रमण भएको र केही कर्मचारीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले साउन १२ गतेदेखि १८ गतेसम्म उपमहानगरपालिका र मातहतका सबै वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स, दमकल, फोहोर व्यवस्थापन, भेटेरिनरीजस्ता अत्यावश्यक सेवा भने यथावत रहनेछ ।