इटहरीः बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय पाई फरार रहेका एक जनालाई झापाको दमकबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक नगरपालिका–५ का ४७ वर्षीय विनोदकुमार कार्की रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार उच्च अदालत पाटनको २०७७ मंसिर ३० गतेको फैसलामा कार्कीलाई तीन दिन कैद र सात लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा २८ हजार रूपैयाँ क्षतिपूर्ति दाखिला गर्नुपर्ने फैसला सुनाइएको थियो ।

फैसला भएलगत्तै फरार भएका कार्कीलाई अदालतको फैसला कार्यान्वयनका लागि झापाबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो । अभियुक्त कार्कीलाई सजाय भुक्तानीका लागि झापा जिल्ला कारागार भद्रपुर चलान गरिने प्रहरीले जनाएको छ ।