इटहरीः नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको आठौँ स्मृति दिवसका अवसरमा हिजो इटहरीमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
पुष्पलाल श्रेष्ठको नेतृत्वमा ,नारायणविलास जोसी, निरन्जनगोविन्द बैद्य र नरबहादुर कर्मचार्यले १९४९ अपिल २२ मा कलकत्तामा नेकपाको स्थापना गरेका थिए । सँस्थापक मध्येका एक नरबहादुर कर्मचार्यको जन्म १९८१ साल कात्तिक १४ गते ललितपुर जिल्लाको झपाटोलमा भएको थियो भने उनको देहान्त २०७० साल साउन ९ गते ८९ वर्षको उमेरमा भएको थियो । राणाविरोधी आन्दोलनको प्रेरणाबाट कम्युनिस्ट आन्दोलनमा लागेका कर्मचार्य मजदुर संगठनको सँस्थापक अध्यक्ष ,नेकपा एकता केन्द्रको संयोजक हुँदै नेकपा माओवादी केन्द्रका संरक्षकको रूपमा आजीवन नेपालको लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनमा सकृय रहे उनै कर्मचार्यको स्मृतिमा हिजो नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठान सुनसरीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता निर्मल बरालले गरेका थिए भने प्रतिष्ठानका केन्द्रीय महासचिव प्रह्लाद बुढाथोकी, मजदुर नेता भानु मैनाली, नेकपा माओवादी केन्द्रका सुनसरी अध्यक्ष योगेन्द्रप्रसाद मन्ड्लले, नेपाल पत्रकार माहासंघका सुनसरी अध्यक्ष जनकऋषि राई, सँस्थापक नेता कर्मचार्यको व्यक्त्विबारे प्रकाश पारेका थिए । कार्यक्रममा संस्थापक नरबहादुर कर्मचार्यको संक्षिप्त जीवनी प्रतिष्ठानका सुनसरी उपाध्यक्ष पुष्प ढुगानाले प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन सचिव बहादुरसिंह तामाङ्गले गरेका थिए भने स्वागत मन्तव्य खगेन्द्र ओलीले दिएा थिए । प्रतिष्ठााले विविध शैक्षिक तथा सामाजिक कार्यक्रम गर्दै आएको छ ।