इटहरीः नेपालको शेयर बजार परिसुचक नेप्सेले अहिलेसम्मकै उच्च विन्दु चुमेको छ । गत हप्ताको कारोबारबाट ३००४ मा रहेको नेप्से परिसूचक आइतबारको कारोबारबाट ३०५८ दशमलव ६३ विन्दुमा कायम भएको हो ।

यसअघि नेप्से परिसूचक गत जेष्ठ महिनामा उच्च विन्दु अर्थात् ३०२५ दशमलव ८३ विन्दुमा पुगेको थियो भने त्यसबीचको समयमा परिसूचक झिनो अङ्कले तलमाथि भइरहको थियो । आइतबार ४३ करोड ९ लाख ३९ हजार २ सय १२ कित्ता शेयर १४ अर्ब २३ करोड २१ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । होटल एण्ड टुरिजम र म्युचुअल फण्डबाहेकका सबै समुहको कारोबारमा हरियाली छाएको छ भने सबैभन्दा बढी माइक्रोफाइनान्स समुहका लगानीकर्ताले कमाउन सफल भएका छन् ।

आइतबार बैकिङ्ख समुहको शेयर कारोबारमा ३ दशमलव ४३ अङ्कले वृद्धि भएको छ भने हाइड्रोपावर समुहले बैंकिङ्खलाई पछ्याउँदै २ दशमलव ३९ अङ्कको वृद्धि हासिल गरेको छ ।