इटहरीः झापाको दमक नगरपालिकाले कोरोना भाइरसको महामारी तिव्र रुपमा फैलिएको भन्दै भोलिदेखि लकडाउन गर्ने भएको छ ।

लकडाउन भोलि बिहान ०४ः०० बजेबाट सुरु भई साउन १७ गते मध्यराति १२ः०० बजेसम्म जारी रहने निर्णय गरिएको नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले जनाएको छ । लकडाउन अवधिमा मानिसको आवतजावत निषेध गर्नुका साथै मुख्य राजमार्गबाहेक अन्य क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको नगरपालिकाका उपसचिव दिनेश न्यौपानेले जानकारी दिए ।