विराटनगरः छठको अवसरमा सिँगारिने विराटनगरका घाटहरू व्यवस्थित हुन नसक्दा स्थानीय चिन्तित बनेका छन् । विराटनगरको प्रमुख घाट सिंगिया खोला असाध्य दुर्गन्धित भएपछि पवित्र पर्व छठ मनाउन निकै गाह्रो भएको स्थानीयले दुुखेसो गरेका छन् ।

मुुख्य खोला तथा तलाउ नै फोहोर थुुपार्ने स्थल भएको छ । खोला र तलाउमा फोहोरको डङ्गुर हुन थालेपछि पूजा विधि सम्पन्न गर्न निकै कठिन हुने स्थानीय सुबोध ठाकुरले दुखेसो गरे । उनले भने, ‘नआऊँ मुख्य चाड, आऊँ फोहारको गन्धले सहिनसक्नु हुन्छ ।’

अन्य ठाउँमा जस्तै विराटनगरमा छठ मनाउने मधेसी मूलका नागरिक मात्र होइनन्, पहाडी मूलका नागरिक पनि छन् । वर्षौंदेखि सिंगिया खोला किनारमा छठ मनाइरहेका विराटनगर– ३ बुद्ध चोकका कपिल भट्टराईले स्थानीय सरकारले यो पवित्र घाटको सफाइमा खासै चासो नदिएको बताए ।

‘यसको पूर्ण सफाइको जिम्मेवारी विराटनगर महानगरपालिकाको भए पनि त्यस बारेमा नगरपालिकाले कुनै काम गरेको छैन,’ भट्टराईले भने, ‘फोहोरको थुप्रोमा पूजा गर्न बाध्य भएका छौँ ।’

छठ पूजामा नियमित सहभागी भइरहने विराटनगर– ७ का राजेश रिजालले विराटनगरमा फोहोर व्यवस्थापन हुन नसक्दा खोला किनार दुुर्गन्धित भएको बताए । फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइट नभएको र त्यसको मार खोला किनारका बस्तीमा परिरहेको रिजालले बताए ।

तस्बिरहरूः 

biratnagar chhat pradeshportal.com IMG_5476 IMG_5473 IMG_5474 IMG_5483 IMG_5482 IMG_5522 IMG_5523 IMG_5524