इटहरीः नविल बैंकले सर्वसाधारणका लागि आजबाट “नविल डिक्बेन्चर २०८५” नामक ऋणपत्रको बिक्री खुल्ला गरेको छ । 

वार्षिक ८ प्रतिशत ब्याजदर तोकिएको यो ऋणपत्रको लागि हिमालयन क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको जिम्मेवारी पाएको छ । एक हजार रुपैयाँ अङ्कित मूल्य राखिएको ३० लाख कित्ता ऋणपत्र साउन १३ गतेसम्ममा बिक्री गरिसक्ने गरी निष्कासन गरिएको बैंकले जनाएको छ । तर साउन १३ गतेसम्म पर्याप्त आवेदन नपरेमा साउन २४ गतेसम्म बिक्री खुल्ला गर्न सक्नेछ । ३० अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने र बाँकी रहेको १८ लाख कित्ता व्यत्तिगत तवरबाट बिक्री गरिने जनाइएको छ ।

सर्वसाधारणलाई छुट्टाइएको मध्येबाट ५ प्रतिशत अर्थात् ६० हजार कित्ता शेयर भने सामुहिक लगानी कोषका लागि छुट्टाइएको छ । यसमा लगानी गर्न चाहनेले सिआश्वामा आबद्व बैंक तथा वित्तीय सँस्था अथवा मेरो शेयरबाट सिधै आवेदन दिन सकिन्छ । जसका लागि न्यूनतम २५ इकाईदेखि अधिकतम सबै खरिद गर्नेगरी आवेदन दिन सक्नेछन् । राम्रो पोर्टफोलिया बनाएको नविल बैँकको ऋणपत्रलाई इक्रा नेपालले कम जोखिम रहेको ऋणपत्रमा रेटिङ्ख गरेको छ ।