इटहरीः संखुवासभा सिलिचोङ गाउँपालिका १ केवाडाँडा बस्ने २१ वर्षीय दिनेश राईको स्वास्थ्य चौकीको समान सार्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ ।
सोही स्थानमा निर्माण भएको स्वास्थ्य चौकीको सामान सार्ने क्रममा हिजो दिउँसो २ः३० बजे काठको टेवल बोकी आउँदै गर्दा बाटो साँघुरो भएका कारण आपैmँ सडकबाट अन्दाजी २०० मिटर तल सिसुवा खोलाको दहमा खसेर उनको ज्यान गएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको छ ।