मोरङः मोरङ वेलबारी नगरपालिका ६ का ६३ बर्र्षीय पदम बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो बेलुका पौने ४ बजे सोही स्थानमा रहेको सिमावान स्थित कयार खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर गुरुङको मृत्यु भएको हो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।