इटहरीः नेपाल औषधि व्यवसायी संघ इटहरी, इटहरी आइडल ग्रुप र लायन्स क्लब अफ इटहरीले हिजो इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानको सहकार्यमा सम्पन्न सो रक्तदान कार्यक्रममा ६७ पिन्ट रगत संकलन भएको आइडल ग्रुपका संयोजक इन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार कोरोना महामारीका कारण रक्तदान कार्यक्रमहरुको आयोजनामा कमी हुनुका साथै अस्पतालमा गम्भीर बिरामीको चाप बढ्दा रगतको अभाव हुनसक्ने खतरालाई मध्यनजर गर्दै संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
यसैबीच, रक्तदान कार्यक्रम आयोजकहरुले नै इटहरीका तीन जना पुराना औषधि व्यवसायीहरुलाई सम्मानसमेत गरेको छ । सम्मानित हुनेहरुमा गौतम मेडिकलका सञ्चालक रुक्मणि गौतम तथा प्रतिमा प्रयोगशालाका सञ्चालक शालिकराम कार्की र सुभतनारायण यादव रहेका छन् ।