इटहरीः आज बहुचर्चित गायिका रिना केसीकी छोरी खुसी केसीको जन्म दिन । छोरीको जन्मदिन पारेर रिना केसीले गाएको तीज गीत ‘मेरी आमा’ बजारमा आएको छ ।

गायिका केसीकै युट्यूब च्यानलबाट गीत सार्वजनिक भएको हो । विदेशमा रहेकी छोरी तिजमा माइत आउन नपाउँदा आमालाई सम्झेर भावुक भएको विषयवस्तु गीतमा देख्न सकिन्छ । गीतको शब्द अर्जुन सुवेदीले लेखेका हुन् भने लय केशव सुवेदीले सृजना गरेका हुन् । वर्षा क्षेत्रीको अभिनय देखिने भिडियोको निर्देशन होम गुरुङले गरेका छन् भने गणेश सापकोटाको छायांकन तथा सुवास अम्गाईको सम्पादन गीतमा रहेको छ ।