काठमाडौँः सञ्चारकर्मी सुर्य चन्द नेपाली कांग्रेस तरुण बिभाग प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सहसंयोजकमा मनोनित भएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री एवम् तरुण विभाग प्रमुख शंकर भण्डारीले सञ्चारकर्मी चन्दलाइ एक कार्यक्रमबीच तरुण विभागमा स्वागत गर्दै मनोनयन पत्र हस्तान्तरण गरेका थिए । सञ्चारकर्मी चन्द विगत २ दशकभन्दा बढी समयदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा योगदान गर्दै आएका युवा नेता हुन् । सञ्चार क्षेत्रलाई राम्रोसँग बुझेका चन्दले सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् । विभिन्न संघ संस्थामा समेत आबद्ध रहेर काम गर्दै आएका उनी नेपाली सिने उद्योगका लोकप्रिय कलाकार तथा म्युजिक भिडियो निर्देशक हुन् ।
युवा नेता चन्दले विभिन्न अवार्ड, इभेन्ट, मेला महोत्सवको आयोजना गर्दै युवा वर्गलाइ स्वरोजगार बनाउनेदेखि देशको आर्थिक विकासमा समेत योगदान पुर्याउँदै आएका छन् । तरुण नेता चन्दलाइ नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको निर्णय अनुसार प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सहसंयोजकमा मनोनित गरिएको नेपाली कांग्रेस तरुण विभाग प्रमुख एवम पूर्वमन्त्री शंकर भण्डारीले बताएका छन् । आफूले पाएको जिम्मेवारी प्रति निष्ठावान ढंगले कार्यसम्पादन गरी पार्र्टी, संगठन तथा विभागप्रति पूर्ण बफादार रही तरुणहरुलाई गतिशील बनाउन लागिपर्ने युवा नेता चन्दले जानकारी दिए ।