धरानः ३९ औं बीपी स्मृति दिवस धरानमा पनि विभिन्न कार्यक्रम गरेर मनाइने भएको छ । भोलि (बुधबार) प्रदेश १ का संसदीय दलका नेता एवं कांग्रेस सुनसरी जिल्ला सभापति राजीव कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम हुने भएको हो ।

नेपाली कांग्रेस धरान नगर समितिका अनुसार ३९ औं बीपी स्मृति दिवसको अवसरमा धरान १३ स्थित बीपी पार्कमा बिहान ८ बजे बीपीको शालिकमा माल्यार्पण गर्ने, दिउँसो २ बजे धरान २ स्थित नवनिर्मित पार्टी कार्यालयमा विचार गोष्ठी कार्यक्रम आयोजना गर्ने कार्यक्रम तय भएको छ । यसैबीच, धरान २ स्थित बलबहादुर राई÷भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा कांग्रेसको भवन निर्माण सम्पन्न गरिएको छ । उक्त भवनको औपचारिक रुपमा उद्घाटन भने भएको छैन । भवनको उद्घाटन अब केही दिनभित्रमा गरिने कांग्रेस नगर समितिले जनाएको छ ।