इटहरीः प्र्युडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी लिमिटेडले आज दुई लाख ५५ हजार कित्ता सेयर लिलामीका लागि खुला गरेको छ ।

प्रभु बैंक, प्राइम कमर्सियल बैंक, नेपाल ग्रामी विकास लघुवित्त र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा रहेका आफ्ना सेयर कम्पनीले लिलामीमा राखेको हो । सो कम्पनीसँग प्रभु बैंकमा५० हजार कित्ता, प्राइम कमर्सियल बैंकमा ७० हजार कित्ता, नेपाल ग्रामीण विकास लघुवित्तमा ३५ हजार कित्ता र नेसनल लाइफ इन्स्योरेन्समा १ लाख कित्ता सेयर रहेको छ । सेयर लिलामीका लागि जोकोही व्यक्ति वा सँस्थाले न्यूनतम पाँच हजार कित्तादेखि बढीमा सबै सेयरको बोलपत्र पेस गर्न सक्ने बताइएको छ ।

लिलामीमा राखिएका सेयरमध्ये प्रतिकित्ता प्रभु बैंकको २६३ रुपैयाँ, प्राइम कमर्सियल बैंकको २५३ रुपैयाँ, नेपाल ग्रामीण किवास लघुवित्तको ५०० रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सको ५०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र आजदेखि साउन १५ गतेभित्र बबरमहलस्थित एनआईसी एसिया क्यापिटल लिमिटेडको कार्यालयमा पेस गर्नुपर्ने कम्पनीले जनाएको छ ।