इटहरीः मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ५ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयअगाडि मोटरसाइकलमा बसेकै अवस्थामा एक पुरुष मृत भेटिएका छन् ।

मृत फेला पर्नेमा विराटनगर ५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीका अनुसार आज राति करिब ८ः३० को ४ प २३१६ नम्बरको हिरो होन्डाको स्प्लेन्डर मोटरसाइकलमा बसिरहेको अवस्थामा न्यौपाने मृत भेटिएका हुन् । घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा परिचालित प्रहरी टोलीले मुचुल्का संकलनको काम गरिरहेको जनाउँदै प्रहरीले टोली फिर्ता भएपछि विस्तृत अनुसन्धान सुरु गरिने स्पष्ट पारेको छ ।