इटहरीः सुनसरीको बर्जु गाउँपालिका–२ बाट चोरीको मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् ।
आइतबार साँझ ५ः४५ बजे बर्जु गाँउपालिका–३ नहर चोक हटियालाइनबाट को ४ प ४६४८ नम्बरको मोटरसाइकल हराएको भनी खबर प्राप्त भएसँगै तत्काल खोजतलासमा खटिएको इलाका प्रहरी कार्यालय सीतागञ्जको टोलीले चोरी भएको मोटरसाइकलसहित चोरीमा संग्लग्न देवानगञ्ज–५ का ४० वर्षीय वीरेन्द्र रामलाई पक्राउ गरेको हो १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । अभियुक्त रामलाई चोरी मुद्दामा आवश्यक कारबाहीका लागि सुनसरी जिल्ला अदालतको आदेशमा हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।