इटहरीः बैकिङ कसुर तथा कर्तव्य ज्यान मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका दुई जनालाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।
बैकिङ कसुर मुद्दामा जिल्ला अदालत सुनसरीको २०७७÷१०÷२६ गतेको फैसलाले ३ दिन कैद र १ लाख ५२ हजार जरिवाना फैसला भएका रामधुनी नगरपालिका–८ का ३३ वर्षीय दिवसकुमार चौधरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको सादा पोसाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसैगरी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत चितवनको २०७७÷१०÷१२ गतेको फैसलाले १६ वर्ष ८ महिना कैद र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी बुढानिलककण्ठ–४ काठमाडाँैका १९ वर्षीय पासीकोट गुरुङलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो सुनसरीको तरहराबाट पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई तोकिएको कैद तथा जरिवाना भुक्तानीको लागि सम्बन्धित जिल्ला अदालतमा बुझाइएको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए ।