इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोना महामारीको जोखिम कम नभएकाले सतर्कता अपनाउन अपिल गरेको छ ।

विभिन्न चाडपर्वहरु नजिकिन थालेको र मठ मन्दिर, गुम्बा, मस्जिद तथा चर्चहरुमा भीडभाड हुनसक्ने भन्दै प्रशासनले नियमित पूजापाठबाहेक सामूहिक रुपमा दर्शन तथा पूजापाठका कार्यक्रम आयोजना नगर्न सर्वसाधारणमा अपिल गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । सुनसरी पनि कोरोना महामारीबाट प्रभावित जिल्ला भएकाले हाल महामारी केही कम देखिएपनि लापरबाही गरे संक्रमणको तिव्र विस्तार हुने भएकाले सतर्कता अपनाउन प्रशासनले अपिल गरेको हो ।

cdo order.