इटहरीः झापाको मेची अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट भएपछि अस्पतालको ओपीडी सेवा ठप्प भएको छ ।
अस्पतालको आकस्मिक कक्षमा कार्यरत डा केवल कपुरीमाथि जिल्लाको हल्दीबारी घर भएका पुष्पराज निरौलाले कार्यस्थलमै कुटपिट गरेपछि विरोधस्वरुप अस्पतालका चिकित्सकहरुले ओपीडी सेवा ठप्प पारेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.टङ्कप्रसाद बाराकोटीले जानकारी दिए ।
उनका अनुसार श्रीमतिको उपचार गराउन आएका निरौलाले डा.कपुरीमाथि हातपात गरेका थिए । कार्यस्थलमै हातपात भएपछि त्रसित बनेका चिकित्सकहरुलाई केहीबेर प्रहरीले सुरक्षा दिएको मेडिकल सुपरिन्टेन्डेन्ट बाराकोटीले जानकारी दिए । उनका अनुसार आक्रमणमा संलग्न अभियुक्तमाथि कानूनी कारबाहीको प्रकृया अगाडि नबढाएसम्म सेवा सुचारु नगर्ने चिकित्सकहरुको अडान रहेको छ ।